Logo

मुख्य समाचार

नागरिक उड्डयन प्राधिकरणले माग्यो विभिन्न पदमा ७५ जना कर्मचारी


GDP नेपाल
   ६ चैत्र २०८२, शुक्रबार


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७५ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ ।प्राधिकरणले शुक्रबार सूचना जारी गरी तह ९ देखि तह ४ सम्मका विभिन्न पदमा कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणले प्रशासन र प्राविधिकतर्फ एक÷एक जना कर्मचारी मागेको छ । प्रशासनतर्फको प्रबन्धकमा महिला र प्राविधिकतर्फ आदिवासी जनजाति समुदायबाट नियुक्त गरिने पनि प्राधिकरणले जनाएको छ ।

त्यस्तै उपप्रबन्धकतर्फ प्रशासनमा एक जना र प्राविधिकमा २ जना कर्मचारी माग गरिएको छ ।

वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा विभिन्न संख्यामा कर्मचारी परिपूर्ति गर्न दरखास्त आह्वान भएको छ ।
तह ९ र ८ का लागि दरखास्त दस्तुर १६ सय रूपैयाँ, तह ७ र ६ का लागि १२ सय, तह ५ र ४ का लागि ६०० रूपैयाँ तोकिएको छ ।

थप समूहका लागि सम्बन्धित तहका लागि तोकिएको दस्तुरको ५० प्रतिशत थप दस्तुर बुझाउनुपर्नेछ ।
दरखास्त दिने अन्तिम चैत २६ गतेसम्म तोकिएको छ । त्यसपछि दोब्बर दस्तुर तिरेर वैशाख ३ गतेसम्म दरखास्त दिन सकिनेछ ।

प्रकाशित : ६ चैत्र २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह