Logo

अर्थनीति

प्रचन्डका ठेकेदार घरभेटीलाई किन कारवाही हुँदैन ? – संसदमा नेमकिपाको प्रश्न


appharu
   २७ जेष्ठ २०७५, आइतबार


काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डका घरभेटी ठेकेदार शारदाप्रसाद अधिकारीलाई कारवाही गर्न नेपाल मजदुर किसान पार्टीले माग गरेको छ ।

आइतबार संसद बैठकमा नेमकिपाका सांसद प्रेम सुवालले कलंकी नागढुंगा सडक निर्माणको ठेक्का पाएका शैलुङ कन्स्ट्रक्सनका सञ्चालक अधिकारीले पूरै भुक्तानी लिएर पनि काम नगरेको बताए ।

सांसद सुवालले भने, “अरु ठेकेदारलाई धमाधम कारवाही गर्ने गृहमन्त्री रामबहादुर थापाले आफ्ना पार्टी अध्यक्षको दवावका कारण अधिकारीलाई कारवाही गर्न नसक्नु निन्दनीय छ ।”

सुवालले शैलुङ कन्स्ट्रक्सनका सञ्चालक अधिकारीले ठेक्का लिएको भक्तपुरको सडक निर्माण समयमै पूरा नगर्दा पानीको मुहानमा भल पसेको र यसबाट स्थानीयको स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

ठेकेदार अधिकारीले नेकपाका अध्यक्ष दाहाललाई घर उपलब्ध गराएको र प्रधानमन्त्री केपी ओलीसँग पनि सम्बन्ध रहेको आडमा ठेक्का लिएको काम समयमै पूरा नगरे पनि कारवाही भोग्नु परेको छैन । जबकि गृहमन्त्री थापा आफैं सक्रिय रहेर अन्य पार्टीनिकट ठेकेदारमाथि कारवाही गरिरहेका छन् र

प्रकाशित : २७ जेष्ठ २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह