Logo

Banner-news

एक हजार ज्याला लिएर प्रधानमन्त्री ओली र नेपालविरुद्ध नारा लगाउने भारतीय भएको पुष्टि


GDP Nepal
   ४ श्रावण २०७७, आइतबार


काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालविरुद्ध वनारसमा नारा लगाउने नागरिक भारतीय नै भएको पुष्टि भएको छ । उनले १ हजार भारु लिएर यस्तो अभिनय गरेको भारतीय प्रहरीले नै खुलासा गरेको छ ।

रामको जन्म र जन्मभूमि अयोध्याबारे प्रधानमन्त्री ओलीले दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा भारतको बनारसमा एउटा धार्मिक समूहले यस्तो घटना गराएको थियो । घटनामा पीडितका रूपमा चित्रित ति व्यक्ति भारतीय मतदाता भएको र उनले पैसा लिएर भिडिओ बनाउन सहमति दिएको भारतीय प्रहरीले बताएको छ ।

हाल नेपालभर भाइरल भएको र भारतका विभिन्न स्थानमा पनि चर्चामा रहेको उक्त भिडियो विश्व हिन्दू सेना नामक संगठनका कार्यकर्ताहरूले नियोजित रुपमा चर्चामा ल्याएका थिए । घटनाको भिडिओ खिची बिहीवार सामाजिक सञ्जालमा प्रसार गरेको आरोपमा प्रहरीले शुक्रवार नै भारतीय प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । शनिवार थप दुई जना पक्राउ परेका छन् ।

भिडियो प्रकरणका मुख्य आरोपित अरुण पाठक भने अझै फरार रहेको बनारस प्रहरीका एसपी अमित पाठकले जानकारी दिएको बीबीसीले जनाएको छ । पाठकले विश्व हिन्दू सेनाको फेसबुक पेज तथा आफ्नो फेसबुक र ट्विटरमा आफैं पोष्ट गरेर घटनालाई भाइरल बनाएका थिए ।

भारतीइ प्रहरीले भिडिओमा देखाइएका व्यक्तिसँग भेट भएको र उनी जल संस्थानको कोलोनीमा बस्ने गरेको जनाएको छ । प्रहरीका अनुसार उनी भारतमै सूचीकृत भएका मतदाता हुन् र उनीसँग आधार कार्ड पनि छ । उनको जन्म यहीँ वाराणसीमा भएको हो ।

भिडिओ बनाउने व्यक्तिहरूसँग ती व्यक्तिको पहिलेदेखि नै सम्पर्क रहेको तथा उनले पैसा लिएर अह्राएअनुसार अभिनय गर्न स्वीकारेका थिए । भिडिओ बनाएबापत एक हजार रुपैयाँ लिएको उनले नै स्वीकारेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : ४ श्रावण २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह