Logo

सूचना/प्रविधि

टेलिकम ल्यायो, अनलिमिटेड डाटा र भ्वाइस प्याक


GDP Nepal
   ५ फाल्गुन २०७६, सोमबार


काठमाडौ‌ । हाल नेपाल टेलिकमले एक घण्टा अनलिमिटेड प्याक, डे टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक र अनलिमिटेड नाइट डाटा प्याक उपलब्ध गराइरहेको छ। जुन निकै नै रुचाइएको टेलिकमले बताएको छ। टेलिकमको अनलिमिटेड डाटा र भ्वाइस प्याक यस्ता छन्ः


एक घण्टा अनलिमिटेड प्याक
यो प्याक २० रुपैयाँमा लिन सकिन्छ। प्याक एक्टिभ भएपछि १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सकिन्छ। एक घण्टासम्म जति पनि भ्वाइस कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने भएकोले यो प्याक निकै नै रुचाइएको छ।

डे टाइम भ्वाइस प्याक

डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म जति पनि कल गर्न सकिने छ। सो प्याक खरिद गरेको २४ घण्टाभित्र उपयोग गर्न सकिने छ।

उदाहरणका लागि विहान १० बजे खरिद गरेको प्याक बेलुकी ५ बजेसम्म र भोलि विहान फेरी १० बजेसम्म प्रयोग गर्न सकिन्छ।

अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक
अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म कल गर्न सकिन्छ। रातको समयमा जति पनि कल गर्न सकिने भएकाले यो निकै नै उपयोगी बनेको छ।

अनलिमिटेड नाइट डाटा प्याक
अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत एक रातका लागि १८ रुपैयाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ। त्यसैगरी ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड चलाउन सकिने प्याक पनि उपलब्ध छ। रातको समयमा डाटा चलाउनु पर्ने व्यवसायीहरुका लागि समेत यो प्याक निकै नै उपयोगी बनेको टेलिकमले बताएको छ।

प्रकाशित : ५ फाल्गुन २०७६, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह