Logo

Banner-news

जनआस्था विरूद्ध प्रेस काउन्सिलमा चौधरी समूहको उजुरी


GDP Nepal
   ९ भाद्र २०७७, मंगलबार


काठमाडौं । प्रतिनिधि सभाका सदस्य एवं चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका बारेमा नियोजित रूपमा अनर्गल प्रचार गर्ने जनआस्था साप्ताहिक र जनआस्था डटकम विरूद्ध चौधरी ग्रुपले मंगलबार प्रेस काउन्सिलमा उजुरीदर्ता गरेको छ ।

उक्त पत्रिकाले विगत लामो समयदेखि नेपालका ख्यातीप्राप्त उद्यमी चौधरीका बारेमा झूठा समाचार प्रकाशित गर्र्दै आएको समूहको भनाइ छ ।

पछिल्लो समयमा जनआस्थाले ‘अर्थमन्त्री र प्रधानमन्त्रीको रहस्यमय मौनता ः चौधरीद्वारा रातारात अरबौँ बाहिरिएको खुलासा’ र ‘अर्बपतिको ‘मुहान’मा बल्ल आक्रमण’ शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।

ति पूर्णतया झुठा समाचार रहेको चौधरी समूहको भनाइ छ । तथ्यहीन समाचार प्रकाशित गरेर चौधरी ग्रुपका अध्यक्षको राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा रहेको ख्यातीमा प्रतिकुल प्रभाव पार्ने दुश्प्रयास गरिएको समूहको भनाइ छ ।

जनआस्था साप्ताहिक तथा उक्त पत्रिकाका सम्पादक किशोर श्रेष्ठमाथि प्रेस काउन्सिल ऐन, २०४८ को दफा १२ बमोजिम हदैसम्मको सजाय माग गरिएको छ ।

प्रकाशित : ९ भाद्र २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह