Logo

Banner-news

कुलमानको पक्षमा सर्वसाधारणदेखि कलाकारसम्म, विपक्षमा व्यापारीदेखि पूर्व एमाले !


GDP Nepal
   १० भाद्र २०७७, बुधबार


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि पनि कुलमान घिसिङलाई नै निरन्तरता दिन जनदबाब बढिरहेको छ । निषेधाज्ञाका कारण सडकमा प्रदर्शन हुन नपाए पनि आम सर्वसाधारणले सामाजिक सञ्जालमार्फत सरकारलाई निरन्तरताको दबाब दिइरहेका छन् ।

घिसिङको निरन्तरताको पक्षमा सर्वसाधारणसँगै कलाकारहरुको एकमत देखिन्छ । हरिवंश आचार्यदेखि दिपकराज गिरी, केदार घिमिरे, केकी अधिकारीसमेतले सामाजिक सञ्जालमै घिसिङको निरन्तरताका लागि अपिल गरेका छन् ।

राजनीतकि कार्यकर्तामध्ये पूर्वमाओवादीहरु पनि घिसिङको पक्षमा देखिएका छन् तर पूर्व एमालेहरु निरन्तरताको विपक्षमा । पूर्वएमाले निकट पत्रकार तथा राजनीतिक कार्यकर्ताले घिसिङको बदनामीको समेत प्रयास गरेको पाइन्छ । कतिपयले मुकेश काफ्ले लगाएको बाली घिसिङले खान पाएको जस्ता तुच्छ टिप्पणी गरेको पाइन्छ ।

घिसिङको विरुद्ध केही उद्योगी व्यवसायीहरु संगठित र योजनावद्ध रुपमा प्रस्तुत भएको पाइन्छ । खासगरी डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन घिसिङले कुनै सम्झौता नगर्ने देखिएपछि उनीहरुले विभिन्न मिडियामार्फत यो विषयलाई अतिरञ्जित ढंगले प्रस्तुत गरिरहेका छन् ।

सिमेन्ट, स्टिल उद्योगीहरु कुलमानविरोधी मोर्चामा अग्रस्थानमा छन् । उनीहरुले पनि सिधै घिसिङको विरुद्धमा कुनै टिप्पणी गर्न नसके पनि डेडिकेटेड र ट्रंकलाइनको विषय उठानमार्फत कुलमानलाई कमजोर बनाउने प्रयत्न गरिरहेको पाइन्छ ।

उद्योगी व्यापारीहरुले आफूनिकट मिडिया तथा मिडियाकर्मीमार्फत यसलाई अभियानकै रुपमा अगाडि बढाइरहेका छन् ।

प्रकाशित : १० भाद्र २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह