Logo

Banner-news

काठमाडौं उपत्यकाभित्र १२ हजार सक्रिय संक्रमित, जोखिमबाट जोगिनै गाह्रो


GDP Nepal
   १५ आश्विन २०७७, बिहिबार


काठमाडौं । देशभर हाल २० हजार ८९१ जनामा कोरोना भाइरसको संक्रमण सक्रिय रहे पनि त्यसको आधारभन्दा बढी काठमाडौं उपत्यकामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र सक्रिय संक्रमितको संख्या ११ हजार ८८८ रहेको छ ।

पछिल्लो महिना काठमाडौं उपत्यकामा संक्रमण दर तिव्र गतिमा फैलिरहेको छ । प्रत्येक दिन ७ सयको हाराहारीमा संक्रमित थपिने तर संक्रमणमुक्त हुने दर केही न्यून रहेका कारण यस्तो अवस्था देखिएको हो ।

उपयकाभित्र संक्रमण भएकाहरुको व्यवस्थापनमा भने चुनौती छ । सुलभ दरमा आइसोलेसन सेन्टर नहुँदा धेरै संक्रमित एउटै घरमा बस्न विवस छन् । अधिकांश संक्रमितमा कुनै लक्षण नदेखिँदा सार्वजनिक गतिविधिसमेत गरिरहेको पाइन्छ ।

यसरी हेर्दा काठमाडौंमा संक्रमण दर अझै तीव्र गतिमा बढ्ने देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं जिल्लामा २७४ महिला र ४२३ पुरुषसहित ६९७ जनामा कोभिड १९ पुष्टि भयो भने ललितपुरमा ११२ जना र भक्तपुरमा ९३ जना गरी उपत्यकामा ९०० भन्दा बढी संक्रमित फेला परेका छन् ।

प्रकाशित : १५ आश्विन २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह