अमेरिका । अमेरिकी राष्ट्रपति निर्वाचनको मतगणना सकिनै लाग्दा परिणाम जो बाइडनको पक्षमा आउने देखिएको छ । बाइडनले पनि आफ्नो जितप्रति विश्वस्त रहेको बताएका छन् ।
तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने मतगणनामा धाँधली भएको भन्दै अदालत जाने बताएका छन् । डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका बेलाराष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका हुन्।
हालसम्म ५० वटा राज्यमध्ये ४३ वटा राज्यको परिणाम सकिएको भए पनि जितका लागि निकै महत्त्वपूर्ण मानिएका बाँकी राज्यहरूमा मतगणना जारी छ। बाइडनले २४३ इलेक्टरल मत प्राप्त गरेका छन् भने ट्रम्पले कुल २१४ इलेक्टरल मत पाएका छन्।
तर, महत्त्वपूर्ण परिणाम आउन बाँकी छँदै बाइडनले राष्ट्रपति पद सम्हाल्नका लागि पर्याप्त राज्यमा आफूले जित्ने स्पष्ट भएको बताएको बीबीसीले जनाएको छ । उनले भनेका छन्, जब मतगणना सकिन्छ हामीलाई विश्वास छ कि हामी नै विजेता हुनेछौँ।
यद्यपि, नतिजा घोषणाका निम्ति हरेक मत गणना भइसक्नुपर्नेमा उनले जोड दिए। आफूहरुले जितेमा राता र नीला राज्यहरू हुनेछैनन्, मात्र संयुक्त राज्य अमेरिका हुने उनको भनाइ छ ।
यता, राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन् र सर्वोच्च अदालतमा कानुनी चुनौती दिने बताएका छन् । ट्रम्पको चुनावी प्रचार समूहले पेन्सल्भेनियामा मतगणना रोक्न माग गर्दै अदालत जान लागेको जनाएको छ।
राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी प्रचार अभियान समूहले मिशिगन पेन्सल्भेनिया र जोर्जियामा मतगणना रोक्न माग गर्दै कानूनी प्रक्रिया अघि बढाएको जनाइएको छ।
प्रतिक्रिया