Logo

मुख्य समाचार

प्रहरी महानिरीक्षकमा सर्वेन्द्र र सशस्त्रमा शैलेन्द्र


appharu
   २७ चैत्र २०७४, मंगलबार


जीडीपी नेपाल
काठमाडौं, २७ चैत । सत्तारुढ दलहरुबीचको तीब्र विवादका बीच सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलको महानिरीक्षकमा शैलेन्द्र खनाललाई बढुवा नियुक्ति गरेको छ ।
मंगलबार बिहानको मन्त्रिपरिषद बैठकमा आईजीपी नियुक्तिको विषय विवादमा परेपछि साँझ पुनः बैठक बसेर निर्णग गरिएको हो । सर्वेन्द्र खनाललाई बढुवा गर्न गृहमन्त्री रामबहादुर थापा बादलले अडान लिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पछि हटेका हुन् । उनी खनालको सट्टामा रमेश खरेललाई आईजीपीमा नियुक्त गर्न चाहान्थे भने राष्ट्रपति विद्यादेवी भण्डारीको जोड अर्का डीआईजी पुस्कर कार्कीमाथि थियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवैलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । राज्यमन्त्री बाँस्कोटाका अनुसार उहाँहरुलाई पर्सि चैत २९ गतेदेखि लागू हुने गरी जिम्मेवारी दिइएको हो ।
संगठनमा प्रहरी नायब महानिरीक्षकको वरियतामा दुवै जना शीर्षस्थानमा थिए । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्रका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ तीस वर्षे अवधिका कारण भोलि बुधबारदेखि अवकाशमा जाँदैछन् ।

प्रकाशित : २७ चैत्र २०७४, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह