Logo

Banner-news

लोडशेडिङ नियतवश कि कमजोर व्यवस्थापनको उपज ? शाक्यमाथि नै संशय !


GDP Nepal
   १६ पुस २०७७, बिहिबार


काठमाडौं । चार वर्षपछि हिृउँदयाममा बत्ती गइरहने समस्या दोहोरिएसँगै सरकार फेरि लोडसेडिङ गराउने स्वार्थ समूहको गोटी बनेको आरोप लाग्न थालेको छ । एक घन्टामै दशौंपटक विद्युत् जान थालेपछि सर्वसाधारणको आक्रोश चुलिएको छ ।

नयाँ ऊर्जामन्त्री टोपबहादुर रायमाझी यसअघि पनि विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गरी कुशल व्यवस्थापन गर्न असक्षम सावित भइसकेका व्यक्ति हुन् । प्राधिकरणमा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका हितेन्द्रदेव शाक्यमाथि पनि पछिल्लो लोडसेडिङले संशय उत्पन्न गराइदिएको छ ।

व्यापक जनदवाव र सडक प्रदर्शनबीच पनि कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकारणमा निरन्तरता नदिइएको र अहिले बत्ती जाने समस्या बढिरहनुले सर्वसाधारणको आशङ्कामा बल पुगेको छ ।

प्राधिकरणले भने लामोसाँघु काठमाडौं, ढल्केबर–चपुर, भरतपुर–वर्दघाटमा ओभरलोड भएर यस्तो अवस्था आएको बताइरहेको छ । यहिँनेर उसको अक्षमता देखिन्छ । कुलमान घिसिङको कार्यकालमा उनले विद्युत् उत्पादनभन्दा वितरणको व्यवस्थापनमा कुशलता देखाएर नै लोकप्रिय बनेका हुन् । शाक्यमा भने त्यो क्षमता देखिएन । यसले शाक्य प्राधिकराणको पूर्णकालिन एमडी हुन सक्षम छन् त ? भन्ने प्रश्न उब्जाएको छ ।

यद्यपि, घिसिङले भने अहिले नियतवश लोडशेडिङ गराउने योजनाले बत्ती गएको नभइ कमजोर व्यवस्थापनको उपज भनेका छन् । उनले हालै बीबीसीमा भनेका छन्, सिस्टममा समस्याहरू निरन्तर आइरहन्छन् तर तिनको द्रुत गतिमा सम्बोधन भइरहनुपर्छ भने माग र आपूर्तिबीच पनि निरन्तर सन्तुलन मिलाइराख्नुपर्छ।

माग बढेर समस्या आएको भन्ने भनाइको भने उनले सिधै खण्डन गरेका छन् । उनी भन्छन्, कतै ट्रान्सफर्मर वा कतै लाइनमा केही समस्या आइपरेको छ भने पहिले नै यस्तो होला भनेर द्रुत गतिमा त्यसलाई समाधान गर्नुपर्‍यो। अनि आपूर्तिमा सन्तुलन छैन भने त्यो पनि गरिहाल्नुपर्‍यो । समस्या आयो भने तत्काल त्यसको सम्बोधन गर्न उच्च व्यवस्थापननै लागिपर्नुपर्छ। प्राविधिक समस्या बेलाबेला आइरहन्छन् त्यसैले व्यवस्थापन चनाखो हुनुपर्छ।

प्रकाशित : १६ पुस २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह