Logo

मुख्य समाचार

पाटा नेपाल स्टुडेन्ट च्याप्टरमा नयाँ कार्यसमिति चयन


GDP Nepal
   २७ पुस २०७७, सोमबार


काठमाडौं । पाटा नेपाल स्टुडेन्ट च्याप्टरले यही पौष २६ गतेका दिन भर्चुअल कार्यक्रम गरी ग्लोबल कलेज इन्टरनेशनलमा अध्ययनरत बीएचएम छात्रा रेजिना उप्रेती को अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

यसअघि स्टुडेन्ट च्याप्टरको अध्यक्षतामा पब्लिक युथ क्याम्पसका विद्यार्थी सुरेन्द्र न्यौपाने सकृय थिए र आफ्नो कार्यकाल समापन लगत्तै उनले अब निबर्तमान अध्यक्ष को रुपमा आफ्नो भूमिका निर्वाह गर्नेछन् । त्यसैगरी, पाटा नेपालका सिईओ सुरेश सिंह बुडाल स्टुडेन्ट च्याटरको सल्लाहकारको रूपमा रहने जनाइएको छ ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन ९पाटा० नेपाल च्याप्टर अन्तर्गत स्थापित पाटा नेपाल स्टुडेन्ट च्याप्टर पाटा नेपालमा आबद्ध हस्पिटालिटी तथा पर्यटन शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूको एक साझा मञ्च हो, जसले विद्यार्थीहरूलाई पर्यटन क्षेत्र सँगको निकट आबद्धता, सम्बन्ध विस्तार, ज्ञान, शिप तथा दक्षता अभिवृदि र पर्यटन क्षेत्रमा युवा पर्यटन पुस्ताको उज्वल भविष्य निर्माणमा उल्लेखनिय भूमिका खेल्दै आएको छ।

 स्टुडेन्ट च्याप्टरको नयाँ कार्य समितिमा अध्यक्ष- रेजिना उप्रेती (जिसिआई), उपाध्यक्ष- पुकार भण्डारी (क्याथ), सचिव- अनुशा खतिवडा (मिड भ्याली ), कोषाध्यक्ष- प्रकृति घिमिरे (नाथम), लगायत कार्यकारी सदस्यहरुमा आसुतोष आचार्य (मिड भ्याली), बिजिता शाक्य (नाथम), प्रहिमा राना (आईएसटी), बिष्णु चौधरी (आईएसटी), जिना बस्नेत (एबीसी), प्रविण तामाङ (एबीसी), प्रिया धौबञ्जर (जिसिआई), प्रतीक रत्न तुलाधर (गेट), दिपेश्ना हमाल (गेट), बिबिशा ढकाल (पिएचएस), अभिषेक भुजेल (पिएचएस), सञ्जिका रसाईली (गेट वे), सपना मसराङ्गी (गेट वे), निपेश बराल (एनसीटीटीएम), यान्जी शेर्पा (एनसीटीटीएम), पूर्ण शोभा महर्जन (क्याथ), स्वप्निल करनजीत (एलएसीएम), आकृति राज्य लक्ष्मी राउत (एलएसीएम), फैजा बानु (सिल्भर माउन्टेन) र ओजश्वी कक्षपति (सिल्भर माउन्टेन) चयन भएका छन्।

अध्यक्ष छनोट समितिमा रहेर पाटा नेपालका अध्यक्ष विभुति चन्द ठाकुर, कार्यकारी सदस्य अब्दुल्ला टन्सर केसिसी र बिज्ञ सदस्य दिपक राज जोशीले अध्यक्षका उम्मेद्वारहरूको मुल्याकन गरेका थिए, जहाँ कार्य समितिका सदस्यहरूले भर्चुअल मतदानद्वारा अध्यक्षको चयन गरेका थिए ।

पाटा नेपालका अध्यक्ष विभुति चन्द ठाकुरले स्टुडेन्ट च्याप्टरको नयाँ कार्यसमिति सदस्यहरूलाई स्वागत तथा बधाई ज्ञापन गर्दै स्टुडेन्ट च्याप्टरले पाटा नेपालका हरेक कार्यक्रम तथा अभियानहरूमा महत्वपूर्ण जिम्मेवारी वहन गर्दै आएको बताए ।

साथै, युवाहरूले नेपालको झण्डा अन्तराष्ट्रिय जगतमा उच्च पार्न र पाटाको कार्यदिशा र लक्ष्यलाई पछ्याउँदै मुलुकमा दिगो पर्यटन विकासको पहललाई प्रबर्द्धनका लागि महत्वपूर्ण भूमिका निवाह गर्नेमा आफु विश्वस्त रहेको समेत बताए ।

साथै, नवनिर्वचित अध्यक्ष उप्रेतीले पाटामा आबद्ध हुनु एउटा सुवर्ण अवसर भएसंगै महत्वपूर्ण जिम्मेवारी समेत थपिएको बताउदै स्टुडेन्ट च्याप्टरले राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा स्थपित अन्य स्टुडेन्ट च्याप्टरहरु तथा पाटा सम्बद्द संघसंस्थाहरु संगको सहकार्य र समन्वयमा पर्यटन पुनरुत्थान अभियान, दिगो पर्यटन प्रवर्द्धन र बिकास अभियानमा सकृय सहभागिता जनाउने बताइन् ।

प्रकाशित : २७ पुस २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह