Logo

Banner-news

इन्फ्रास्ट्रक्चर बैंकको सीइओमा रामकृष्ण खतिवडा, ८ अर्बको सेयर शुक्रबारदेखि


GDP Nepal
   २९ पुस २०७७, बुधबार


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् ।

खतिवडालाई बैंक सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा बैैंकको नियमावली बमोजिम माघ १ गतेदेखि लागू हुनेगरी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

खतिवडाले एमबीएस, एमएस इन फाइनान्स, सीएफए, सीएचई लगायतको अध्ययन तथा कोर्स पूरा गरेका छन् ।

बैंकले रिक्त प्रमुख कार्यकारी अधिकृत पदपूर्तिका लागि पुस १० गते विज्ञापन सार्वजनिक गरेको थियो । जसमा शैक्षिक योग्यता, अनुभव, विजनेश प्लान, विजनेश प्लानको प्रस्तुतीकरण एवं अन्तर्वार्ता समेतको मूल्यांकनबाट उनलाई नियुक्त गरिएको बैंकले जनाएको छ ।

बैंकले माघ २ गतेदेखि जारी पूँजीको ४० प्रतिशतले हुने जम्मा ८ अर्ब रुपैंयाको आठ करोड कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

प्रकाशित : २९ पुस २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह