Logo

राजनीति

महेश बस्नेतले तीन सम्पादकलाई धम्क्याएको भन्दै प्रेस युनियनको आपत्ति !


GDP Nepal
   १५ माघ २०७७, बिहिबार


काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेकपा ओली समूहका नेता महेश बस्नेतले तीन मिडियाका सम्पादकलाई सार्वजनिक रुपमै धम्क्याएको भन्दै नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।

बस्नेतले सार्वजनिक कार्यक्रममा कान्तिपुरका सम्पादक सुधिर शर्मा, ईकागजका सम्पादक हरि बहादुर थापा, र रातोपाटीका सम्पादक ओम शर्माको नामै लिएर धम्क्याएको प्रेस युनियनले जनाएको छ ।

युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, प्रतिनिधिसभा विघटन गरि प्रतिगमनको बाटोमा हिडेको ओली सरकारको गतिविधीप्रति आलोचक बन्दै आएको नेपाली संचारमाध्यम संविधान, लोकतन्त्र, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूलाई उभ्याउँदै आएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, नेपाली संचारजगतको मूल हिस्सा प्रतिमगनको विरुद्ध सतिसाल झै खडा भएपछि अत्तालिएको ओली नेतृत्वको सत्ता र समूह अहिले बर्बराउन थालेको छ ।

युनियनले सांसद अपहरण लगायत विगतमा विभिन्न विवादित कार्यमा संलग्न रहि पछिल्लो पटक साइबर सेना गठन गरि फरक मत राख्नेहरु विरुद्ध संगठित आक्रमण र दुष्प्रचार गर्दै आएका बस्नेतका तर्फबाट आएको यो धम्की ओली समूहले आफ्नो आलोचक बनेको संचार माध्यमलाई कसरी हेर्छ र कसरी मुख बन्द गर्न प्रयास गर्छ भन्ने उदाहरण पनि भएको युनियनको ठहर छ ।

लोकतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्धमा आफू र आफू सम्बद्ध संचार माध्यमलाई अविचलित रुपमा उभ्याउँदै आएका सम्पादहरुको पक्षमा नेपालका मात्र नभइ संसारका स्वतन्त्राप्रेमिहरु साथमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

युनियनले नेपाली संचारजगतसँग तत्काल माफि माग्न बस्नेतलाई सचेत गराएको छ भने सार्वजनिक रुपमा धम्की दिने यस्ता तत्वहरुलाई नियन्त्रणमा लिई कानुनी कार्वाही गर्न स्थानिय प्रसाशनसँग माग गरेको छ ।

प्रकाशित : १५ माघ २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह