Logo

Banner-news

लगानी बोर्डमा राणा, श्रेष्ठ र शर्माको निरन्तरता, तल्लो अरुण एसजेभीएनलाई


GDP Nepal
   १७ माघ २०७७, शनिबार


काठमाडौं । लगानी बोर्डमा निजी क्षेत्रबाट प्रतिनिधित्व गर्ने चार प्रतिनिधि पुनः दोहोरिएका छन् । प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ४६औं बैठकले पुरानै सदस्यहरुलाई निरन्तरता दिने निर्णय गरेको हो ।

बोर्ड सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मालाई मनोनयन गर्ने शुक्रबारको बैठकको निर्णयमा उल्लेख छ ।

यस्तै, आमन्त्रित सदस्यको रुपमा प्रधानमन्त्रीनिकट व्यवसायी बालकृष्ण शिवाकोटीलाई मनोनयन गर्ने निर्णय भएको छ । उनी यसअघि पनि आमन्त्रित सदस्यका रुपमा थिए ।

बैठकले तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) मोडेलमा विकास गर्न एसजेभीएन लिमिटेड इन्डियालाई छनोट गर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचिकृत भएकाकम्पनीहरुको मूल्याङ्कन गरी सो निर्णय भएको जनाइएको छ । कूल क्षमता ६७९ मेगावाट रहेको उक्त परियोजना प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लामाअवस्थित रहनेछ ।

२०७५ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको अवसरमा नेपाल सरकारले उक्त परियोजना लगानीकर्ताहरु समक्ष प्रस्तुत गरेको थियो ।

प्रकाशित : १७ माघ २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह