Logo

Banner-news

टेलिकमको १७ औं वार्षिकोत्सवसँगै फोरजी वायरलेस होम ब्रोडव्याण्ड सर्भिस !


GDP Nepal
   २२ माघ २०७७, बिहिबार


काठमाडौं । नेपाल टेलिकमले १७ औं वार्षिकोत्सवका अवसरमा फोरजी वायरलेस होम ब्रोडव्याण्ड सर्भिस सुरु गरेको छ ।

फोरजी वायरलेस होम ब्रोडव्याण्ड सेवाबाट एफटीटीएच वा तारवाला टेलिफोन नपुगेका वा वाइफाई सेवा उपलब्ध नभएका तर वायरलेस माध्यमबाट धेरै डाटा चलाउने मुलुकभरका फोरजी ग्राहकले सीपीई प्रयोग गरी सुलभ दरमा इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।

यस्तो सीपीईमा फोरजी डब्लूएचबीबीको सिमकार्ड प्रयोग गरी गुणस्तरीय र सस्तो डाटा सेवा प्रयोग गर्न सकिन्छ । हाल यो सेवा प्रतिमहिना ९ सय रुपैयाँमा ६० जिबी, १५ सयमा १२० जिबी तथा वार्षिक ९ हजार ६ सयमा ७२० जिबी र १६ हजारमा १४४० जिबी उपलब्ध हुने जनाइएको छ ।

बिहीबार आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यो सेवाट मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्ने जानकारी दिए । अधिकारीका अनुसार कम्पनीले मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सेवा पनि सुरु गरेको छ ।

व्यावसायिक उपकरणहरुबीच डाटा आदान प्रदान गरी सवारीसाधन लगायत अन्य उपकरणहरुको लोकेसन अपडेट गर्ने, लजिष्टिक म्यानेजमेन्ट प्रयासहरु विश्वव्यापी रुपमै वृद्धि भइरहेको परिप्रेक्ष्यमा कम्पनीले आजैबाट शुरु गरेको ‘मेसिन टु मेसिन डाटा र एसएमएस प्याक’ कार्यालय प्रयोजनका लागि आकर्षक हुने अपेक्षा गरिएको अधिकारीले बताए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पार्वत गुरुङले नेपाल टेलिकमलाई ग्राहकको विश्वासप्राप्त, भरोसायोग्य, प्रतिस्पर्धामा अब्बल सावित भएको मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायकका रुपमा स्थापित गर्न लाग्नुपर्ने बताए ।

उनले फोरजी सेवा मुलुकभर विस्तार गरी यसै आर्थिक वर्षमा फाइभजीको परीक्षण गर्न पनि निर्देशन दिए ।

दूरसञ्चारको पूर्वाधार विकास गर्ने सम्बन्धमा मुलुकमा हाल विद्यमान ढिलाई र बढ्दो लगानी न्यूनीकरण गर्न पूर्वाधार विकासका लागि छुट्टै कम्पनी स्थापना गर्न सुझाव उनले जानकारी दिए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले महामारीका समयमा मानवीय सेवा र गतिविधिलाई निरन्तर, सहज र सामान्य बनाउनेतर्फ ग्राहकवर्गले उपयोग गरेका अनलाईन कक्षा, अनलाईन बैठक, अनलाईन किनमेललाई कम्पनीका सेवाहरुले निकै सहयोग गरेकाले यसलाई निरन्तरता दिन फोरजी र एफटीटीएच सेवाको विस्तारलाई थप प्राथमिकतामा राख्नुपर्ने बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले कम्पनीले नाफालाई मात्र प्राथमिकतामा नराखी मुलुकका सबै भूभाग र वस्तीहरुमा सेवा प्रदान गरेकोले नै कम्पनीको ग्राहकआधार अन्य सेवा प्रदायकहरुको भन्दा बढी भएतापनि राजश्वमा सो अनुरुप वृद्धि हुन नसकेको वास्तविकता उल्लेख गरे । उनले पूर्वाधारको सहप्रयोगबाट कम्पनी थप लाभान्वित हुनसक्ने पनि बताए ।

यसै अवसरमा नेपाल प्रहरीलाई प्रविधिमा आधारित सेवा सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले ७ थान अत्याधुनिक कम्प्युटर प्रदान गरिएको थियो । वार्षिकोत्सवकै अवसरमा कम्पनीले गरीब तथा असहाय बालबालिकाको मुटुको भल्भ फेर्ने कार्यमा शहीद गंगालाल राष्ट्रिय हृदयसँग सहकार्य गर्ने कार्यक्रम पनि सार्वजनिक गरियो ।

सोही कार्यक्रममा प्रमुख अतिथी माननीय मन्त्री गुरुङ र कार्यक्रमका सभापति कम्पनी सञ्चालक समितिका अध्यक्षले कम्पनीको सत्रौं वार्षिकोत्सवको उपलक्ष्यमा प्रकाशित स्मारिका संयुक्त रुपमा विमोचन गनरे ।

प्रकाशित : २२ माघ २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह