Logo

विकास / पूर्वाधार

स्वदेशी ठेकेदारलाई हत्कडी, मेलम्चीका इटालियन ठेकेदारलाई भने ज्वाइँको मान


appharu
   १२ असार २०७५, मंगलबार


काठमाडौं । विकास निर्माणका काममा ठेक्का लिएर समयमै पूरा नगर्ने स्वदेशी ठेकेदारलाई धमाधम पक्राउ गरिरहेको सरकारले विदेशी ठेकेदारलाई भने संरक्षण गरिरहेको पाइएको छ ।

गृहमन्त्री रामबहादुर थापाले कार्यक्षेत्रभन्दा बाहिर गएर ठेकेदार पक्राउ गरेर सस्तो लोकप्रियता बटुलिरहे पनि उनकै कार्यकर्ता खानेपानीमन्त्री विना मगरले भने मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदारको म्याद थप गरेकी छन् ।

मन्त्री मगरले इटालियन ठेकदार सीएमसी कम्पनीको म्याद २ सय १२ दिन थप गरेकी छन् । यतिमात्र हैन, यसलाई उपलब्धिका रुपमा व्याख्या गर्दै उनले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनकै आयोजना गरिन् ।

जबकि नेपाली ठेकेदारलाई समयमा काम नगरेको भन्दै घरमा सुतिरहेको अवस्थामा समेत पक्राउ गर्ने गरिएको छ । यसरी स्वदेशी र विदेशी ठेकेदारबीच राज्यले विभेद गर्दा निर्माण व्यवसायी भने आक्रोसित भएका छन् ।

सीएमसीले सरकारसँग करिब १ अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेर कामै ठप्प पारेको थियो । २ महिनाअघि २६ किमि सुरुङ खन्ने काम सकिए पनि सुरुङको आरसीसी ढलान सकिएको छैन । २६ किलोमिटर लामो सुरुङमा ५ किलोमिटरमा मात्रै यस्तो ढलान भएको छ ।

मेलम्ची आयोजनाका अनुसार हालम्म ७० प्रतिशत काम सकिए पनि ३० प्रतिशत बाँकी नै छ ।

तर, यसबीचमा निकै आयोजनाले यसरी नै बिलम्ब गर्दा सरकारले कारबाही गरिरहेको छ ।

एसियाली विकास बैंकको ऋण सहयोगमा २०५८ सालमा सुरु भएको सो आयोजना २०६५ सालभित्र सम्पन्न गरिसक्ने भनिए पनि सो समय भित्र निर्माण कार्य सम्पन्न हुन नसक्दा यसको लागत बढेर ३५ अर्ब रुपैयाँ पुगेको छ ।

प्रकाशित : १२ असार २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह