Logo

Banner-news

कोभिड नियन्त्रणमा आएकै हो ? संक्रमित सयभन्दा कम, मृत्यु शून्य


GDP Nepal
   २५ माघ २०७७, आइतबार


काठमाडौं । मुलुकमा पछिल्लो समय कोरोना भाइरस नियन्त्रणमा आउन थालेको संकेत देखिएको छ । जतासुकै भीडभाड बढे पनि परीक्षणमा भने कोरोना संक्रमितको संख्या घट्न थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार सयभन्दा कममात्र कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टाको विवरणअनुसार शनिबार कूल २७९४ जनाको पीसीआर परीक्षण गर्दा ९९ जनामात्र संक्रमित पत्ता लागे । जसमा ४२ महिला र ५७ पुरुष रहेका छन् ।

प्रतिशतका आधारमा परीक्षणको तुलनामा संक्रमितको संख्या ०.०३५ प्रतिशत मात्र हो ।

मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६६ जना अर्थात दुई तिहाईको संख्यामा रहेका छन् । यस दिन कोभिडकै कारण मृत्यु हुनेको संख्या भने शून्य रहेको छ ।

मन्त्रालयले कोभिडविरुद्धको खोप शनिबारसम्ममा ७७ जिल्लाका १ लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको जनाएको छ ।

प्रकाशित : २५ माघ २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह