Logo

Banner-news

सामसङ एस–२१ सिरिज: मूल्य १ लाख ५५ हजारसम्म, बिमा, एक्सचेञ्ज र ईएमआई पनि !


GDP Nepal
   २७ माघ २०७७, मंगलबार


काठमाडौं । सामसङले ग्यालेक्सी एस २१ अल्ट्रा, ग्यालेक्सी एस २१ तथा ग्यालेक्सी एस२१ प्लस स्मार्टफोनहरु नेपाली बजारमा बिक्री सुरु गरेको छ ।

बोल्ड डिजाइन, स्टेट अफ द आर्ट इनोभेसनको साथ उच्चस्तरीय प्रविधिको प्रयोगले यी फोनले दैनिक जीवनलाई अझै उत्कृष्ट एवं सहज बनाउने कम्पनीको दावी छ ।

यी फोनहरुमा उपलब्ध भएका प्रो ग्रेड क्यामरा सिस्टम तथा ब्राइटेस्ट, इन्टलिजेन्ट डिस्प्ले लगायत विभिन्न सुविधाहरुले प्रयोगकर्ताहरुका हरेक पलहरुलाई अझै बढी इपिक एक्सेरियन्स प्रदान गर्ने छन् ।

नयाँ एस २१ सिरिजमा विभिन्न आकर्षक, आधुनिक डिजाइन, इपिक प्रो ग्रेड क्यामरा, भिडियो एवं हालसम्मकै शक्तिशाली प्रोसेसर राखिएको छ । तीनवटै मोडलमा अन्य स्मार्टफोनहरुमा नभएका एवं अतुलनीय सुविधाहरु विद्यमान रहेका छन् ।

एस सिरिज अन्तर्गत पहिलो पटक एस पेन पनि रहेको छ ।

“सामसङ एस२१ सिरिजको प्रि बुकिङ्गमा भएको उल्लेखनीय सहभागीता एवं प्रतिकृयाबाट वास्तवमै हामीलाई अझै उत्साहित बनाएको छ, यस सहभागीता एवं सकारात्मक प्रतिकृयाको लागि हामी हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं । सामसङमा, हामीले निरन्तर नयाँ आविष्कारहरु गरी स्मार्टफोनको जगतमा नयाँ आयाम थपेका छौं । नयाँ एस २१ सिरिज यसैको अर्थपूर्ण आविष्कारको प्रमाण पनि हो । प्रयोगकर्ताहरुको दैनिक जिवनलाई अझै सहज एवं समृद्ध बनाएको छ र प्रयोगकर्ताहरुले के चाहनुहुन्छ त्यो भन्दा अझै बढी प्रदान गरिएको छ,” सामसङ मोबाइल नेपालका विजनेस हेड प्रणयरत्न स्थापितले भने ।

मोबाइल क्षेत्रमा पहिलो पटक सामसङले शून्य प्रतिशत ब्याजमा इएमआई पेश गरेको छ । यस सुविधा अन्तर्गत कम्तिमा ९२०० को १२ किस्ता ग्राहकले तिर्नुपर्ने हुन्छ ।

ग्राहकहरूले अब आफ्नो पुरानो फोनलाई एस२१ सिरिज फोनसँग साट्दा फोनको मूल्याङ्कन सहित थप ३ हजार रुपैयाँ अतिरिक्त लाभ लिन पाउनेछन् ।

१ वर्षको लागि वन टाइम ब्रेकेज अन्तर्गत एक पटक ब्रेकेज बिमा नेपालको एनएलजी इन्स्योरेन्स मार्फत् प्राप्त गर्न सकिने छ ।

नयाँ ग्यालेक्सी एस २१ अल्ट्रा १२ जिबी र्याम र २५६ जिबी रोमको मूल्य १ लाख ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै एस २१ प्लसको मूल्य १ लाख २९ हजार ९९९ रुपैयाँ तोकिएको छ भने एस २१ को मूल्य १ ला ९ हजार ९९९ रुपैयाँ राखिएको छ ।

प्रकाशित : २७ माघ २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह