Logo

Banner-news

महिला लघुवित्तको पौने ४ लाख कित्ता सेयर जारी, १० कित्तामात्र भर्नु उचित


GDP Nepal
   ३० माघ २०७७, शुक्रबार


काठमाडौं। नेपाली पुँजी बजारमा यो शुक्रबार महिला लघुवित्त वित्तीय संस्थाको साधारण सेयरका लागि आवेदन खुलेको छ ।

प्राथमिक सेयरमा लगानीकर्ताको उच्च आकर्षण रहेका बेला खुलेको महिला लघुवित्तको सेयरका लागि न्यूनतम सीमा अर्थात १० कित्ताका लागि मात्र आवेदन भर्नु उचित रहेको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

फागुन ५ गतेसम्म आवेदन दिन पाइने महिला लघुवित्तको साधारण सेयरमा कति आवेदन पर्ने भन्ने एकीन नभए पनि यसको सेयर संख्याको अनुपातमा दशौं गुणा बढी आवेदन पर्ने निश्चित भए पनि सेयर पर्नका लागि आवेदन भने गर्नैपर्छ ।

महिला लघुवित्तको जारी पुँजी १० करोड रुपैयाँको छ भने कम्पनीले जारी पुँजीको ४० प्रतिशत अर्थात ४ करोड रुपैयाँको सेयर जारी गरेको हो। तर, यो सेयरमध्ये सबै सर्वसाधारणमा बिक्री हुँदैन ।

कम्पनीले ५ हजार कित्ता सेयर आफ्ना कर्मचारीलाई छुट्याएको छ। अर्को २० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याउनुपर्ने नियमका कारण सर्वसाधारणले ३ लाख ७५ हजार कित्ताका लागि मात्र आवेदन गर्न पाउनेछन् ।

महिला लघुवित्तको सेयरका लागि बढीमा एक हजार कित्तासम्म आवेदन दिन सकिने भए पनि १० कित्ताभन्दा बढी परिमाणमा सेयर आवेदन गर्नु व्यर्थ मानिन्छ ।

प्रकाशित : ३० माघ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह