Logo

Banner-news

प्रचण्ड–माधवको कुण्ठाको बाछिटा संसदमा नपरोस् भनेर संसद् विघटन: ओली


GDP Nepal
   ३ फाल्गुन २०७७, सोमबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्नु नपरोस् भनेर आफूले धेरैपटक सोचेको बताएका छन् । पार्टीभित्रको विवादका कारण संसद् विघटन गर्नुपरेको उल्लख गर्दै आफूले अन्तिम समयसम्म प्रयास गरेको बताए ।

ओलीले प्रचण्ड र माधव नेपालको को कुण्ठाको बाछिटा संसदमा नपरोस् भनेर संसद् विघटन गरिएको पनि बताए ।

सरकारको नेतृत्व सम्हालेको तीन वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा उनले संसदमा वैकल्पिक सरकारको सम्भावना नरहेको र आफूसँग ६४ प्रतिशत सांसदको विश्वास रहेकाले विघटन अधिकार रहेको बताए ।

उनले भने, एउटा व्यक्तिले झुटो लान्छना लगाएको बाहेक संसदीय दलमा मेरा विरुद्ध कुनै प्रस्ताव र चर्चासमेत नभएको तथा पार्टीभित्र पनि सरकार परिवर्तनको चर्चा नरहेको अवस्थामा संसद विघटन आफ्नो नैसर्गिक अधिकार रहेको उनको जिकिर छ ।

प्रधानमन्त्री ओलीले आफूलाई राजदूत तथा संवैधानिक पदमा नियुक्त गर्न नदिइएको र सरकारले ल्याएका ऐन पारित हुन नदिइएको गुनासो गरे ।

आफूले मैदान छाडेमा देशमा अस्थिरता पैदा हुने भएकाले विघटन गरेको उनको भनाइ छ ।

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह