Logo

सूचना/प्रविधि

एनसेल एप डाउनलोड गर्दा एक जीबी डेटा निःशुल्क


GDP Nepal
   १० फाल्गुन २०७७, सोमबार


काठमाडौं । एनसेल ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्नग्राहक सेवालिनुका साथै आफ्नो आवश्यकताअनुसार सेवाहरु सुचारु गर्न सक्ने भएका छन् ।

एनसेल आजियाटा लिमिटेडले सोमबार (फाल्गुन १०) विविधथप सुविधा सहितएनसेल एपको नयाँ संस्करण संचालनमाल्याएको छ ।

नयाँ संस्करण संचालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गर्ने जनाएको छ । यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पनागर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।

यो संस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरु तत्कालै सुचारु लगायत विभिन्न कार्यहरु गर्न सक्छन् ।

एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाहरुको सुझावएपको मुख्य स्क्रिनमा नै पाउन सक्छन् । ग्राहकले एपको मुख्यस्क्रिनको तल्लो भागमा रहेको सप आइकनमाक्लिक गरी आफ्नो आवश्यकताअनुसारको डेटा र भ्वाइस प्याकहरु लिन सक्छन् ।
त्यसैगरी यस संस्करणमा एपमार्फत ग्राहकले गुनासो दर्ता, मासिकबिल र सेवाखपतको ट्रयाकिङ् लगायतकाकार्यहरु गर्न सक्छन् । यसमा सहज रुपमा सेवाखरिद गर्ने वापहिले नै लिएको सेवाबन्द गर्न सकिने सुविधापनि रहेको छ ।

यस नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरु एउटै प्लेटफर्मबाट आफै स्वतःस्फुर्त रुपमाप्रयोग गर्न सक्छन् । एपमाग्राहकले आफुलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधापनि रहेको छ र बिना यूएसएसडी कोडको प्रयोग गरी सेवाहरु सुचारु गर्न सक्छन् ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह