Logo

विकास / पूर्वाधार

बौद्ध जोरपाटी सडक- राष्ट्रिय लज्जाको प्रतीक


appharu
   १३ असार २०७५, बुधबार


काठमाडौं । बहुचर्चित बौद्ध जोरपाटी सडकको अहिलेको अवस्थालाई स्थानीयहरुले भने राष्ट्रिय लज्जाको प्रतीकको संज्ञा दिएका छन् ।

दिनहुँजसो पानी परिरहँदा यो सडक हिजोआज रेपाइँ गर्न ठिक्क पारेर राखिएको खेतजस्तै देखिन्छ । स्थानीयले सडक तत्काल मर्मतका लागि माथिल्ला निकाय गुहारे पनि सुनवाइ भएको छैन ।

तत्काल विस्तार वा पिच गर्न अदालती आदेशले रोकेको भनिए पनि हिजो कम गरेर यात्रुलाई सुविधा दिन भने अदालतले रोक्दैन । तर, स्थानीय प्रशासन र राजनीतिक नेतृत्व भने अदालतको आदेश भन्दै लाचार देखिएको छ ।

स्थानीयले स्वस्फूर्त रुपमा यसमा सबैको ध्यानाकर्षण गराउने प्रयाश गरेका छन् । चावहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजलको सडक बिस्तारका लागि ठेक्का भएको वर्षौँ बित्दासमेत काम सम्पन्न नभएपछि समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाहीको माग गरिएको छ ।

स्थानीय समता मानव अधिकार तथा नागरिक समाजले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको ज्ञापनपत्रमा छिटो सडक बिस्तार नगर्दा वर्षामा पानीको दह जमी सवारी एवं पैदल यात्रुको आवागमनमा पनि असहज भएको उल्लेख छ । घाम लागेका बेला धुलोले सडकमा हिँड्न नसकिने ज्ञापनपत्रमा उल्लेख छ ।

स्थानीयवासी तथा पत्रकार निर्मल अर्यालले यो सडकलाई राष्ट्रिय लज्जाको प्रतीक भन्दै आफ्नै सञ्चारकर्मी सहकर्मी गुहारेका छन् ।

उनले लेखेका छन्–

राष्ट्रिय लज्जाको विषय बनेको बौद्ध–जोरपाटी–दक्षिणढोका–थली–साँखु सडक खण्डको मर्मत सम्भारका लागि यहाँहरुको प्रतिष्ठित संचार माध्यम मार्फत् पुनः एक पटक सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराइदिनु हुन विनम्र अनुरोध गर्दछौं ।
अत्यन्त जीर्ण यस सडक खण्डमा दिनानुदिन दुर्घटना हुँदा दैनिक धेरै घाइते भइरहेका छन् भने नेपाल मेडिकल कलेज, अर्थोपेडिक अस्पताल, शंकरापुर अस्पताल लगायतको एम्बुलेन्सको आवागमनमा समेत गम्भीर असर परिरहेको छ । यस सडक खण्डको दुरावस्थाका कारण दैनिक ओहोरदोहोर गर्ने लाखौं जनता तथा स्थानीय प्रताडित भइरहँदा समेत सरोकारवाला कसैले न्यूनतम मानवीय संवेदनशीलतालाई ख्याल नगरेकाले आवाज विहीनहरुको आवाज मानिने संचार माध्यमहरु मार्फत समस्या समाधानका लागि विनम्र अनुरोध गर्दछौं ।

प्रकाशित : १३ असार २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह