Logo

Banner-news

निफ्राको सेयरलाई हतियार बनाइ परिसूचक घटाउन चलखेल भयोः लगानीकर्ता


GDP Nepal
   १३ फाल्गुन २०७७, बिहिबार


काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)को सेयरमा बुधबार नेपाल स्टक एक्सचेञ्जले गरेको बदमासीविरुद्ध पुँजी बजारका लगानीकर्ता एक भएका छन् । उनीहरुले निफ्राको सेयरलाई हतियार बनाइ परिसूचक घटाउन चलखेल भएको टिप्पणी गरेका छन् ।

पुँजी बजार सञ्चालनको जिम्मा लिएका निकाय र पदाधिकारीहरुको गैर जिम्मेवारीपनले आमलगानीकर्ताको सम्पत्ति असुरक्षित बनेको लगानीकर्ताका विभिन्न ५ संगठनको आरोप छ ।

ति संगठनले संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै विशेषगरी अनलाइन कारोबार प्रणालीमा सुरुवातकालदेखि नै देखा परेका समस्याहरु समाधान हुनुको सट्टा झनझन विकराल रुप लिन थालेको नेप्से, सीडीएससीलगायत सम्बन्धित निकायसँग गुनासो गरेका छन् ।

नेप्सेको वेबसाइट, टिएमएस र मेरो सेयरमा देखिएको समस्याका कारण अनलाइन कारोबार गर्ने लगानीकर्ता क्लोज आउटमा परेर दैनिक करोडौं क्षती व्यहोर्नु परेकोतर्फ लगानीकर्ताले ध्यान आकर्षण गराएका छन् ।

बुधबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर कारोबारमा देखिएको अप्राकृतिक मूल्य र त्यसले समग्र सूचकमा ल्याएको नकारात्मक परिणामले नेप्सेको विश्वसनियतामा धक्का लागेको लगानीकर्ताहरुले आरोप लगाएका छन् । निफ्राको सेयरलाई हतियार बनाई नियोजितरुपमा नकारात्मक सूचक देखाएर लगानीकर्ताको मनोविज्ञानसँग खेलवाड भएकाले लगानीकर्ताको आरोप छ ।

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह