Logo

Banner-news

नेप्से ८० अंकले घट्यो, लगानीकर्ताले एक सातामै गुमाए २ खर्ब !


GDP Nepal
   १६ फाल्गुन २०७७, आइतबार


काठमाडौं । सेयर बजार परिसूचक नेप्से उच्च अंकले घट्दा साताको पहिलो दिन नै लगानीकर्ता निराश हुनुपरेको छ । केही दिनदेखि उच्च अंकले बढिरहेको सेयर बजारमा आइतबार भने ठूलै झट्का लागेको हो ।

पछिल्ला महिना दिनदिनै रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा अघिल्लो सातादेखि लगातार गिरावट देखिएको छ । साताको पहिलो दिन आज आइतबार नेप्सेमा ७९.७४ बिन्दुले घटेर दुई हजार ४७४.३९ मा ओर्लेको छ ।

यस्तै क वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.५३ बिन्दुले घटेर ४४७.२९ मा ओर्लेको छ । आइतबार नेप्से तीन प्रतिशतको हाराहारीमा ओरालो लागेको छ । कूल २०७ कम्पनीको एक करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर रु आठ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८१४ मूल्यमा खरीद बिक्री भए ।

लगातार बजार ओरालो लाग्दा कूल बजार पूँजीकरणमा ठूलो गिरावट आएको छ । झण्डै एक सातामा २ खर्ब बढीले बजार पूँजीकरण ओर्लिएको छ । नेप्सेको आइतबारको विवरणअनुसार कूल बजार पूँजीकरण ३४ खर्ब ९ अर्ब २५ करोड ६८ लाख १० हजार बराबर पुगेको छ ।

नेप्सेले आजदेखि १३ उपसमूह कायम गरेर कारोवार गरेको छ । तीमध्ये आज होटल एण्ड टुरिज्म उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ ।

होटल एण्ड टुरिज्ममा ११.०८ विन्दुले उकालो लाग्दा बैंकिङ ५४.५७, व्यापार ११.२२, विकास बैंक ७५.५१, जलविद्युत् ६७.१५, वित्त २९.७४, निर्जीवन बीमा १७८.१, उत्पादन १९८.२, अन्य ८१.३५, लघुवित्त १४१.२९, जीवन बीमा ६२४.८, सामूहिक लगानी कोष ०.२४ र इन्भेस्टमेन्ट ४.१३ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज शिखर इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको एक अर्ब दुई करोड १६ लाख ३२ हजार ८२४ बराबरको कारोवार भयो ।

यस्तै, पूर्वाधार बैंक ६३ करोड ४९ लाख ५५ हजार ४६०, ग्लोबल आइएमई बैंक ३४ करोड ७५ हजार २४५, नेपाल पुनरबीमा कम्पनी २८ करोड ६१ लाख ३९ हजार ७९०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २५ करोड ७२ लाख ७१ हजार १७४, एनआइसी एशिया बैंक रु २४ करोड ६० लाख नौ हजार ५४५, नबिल बैंक रु २२ करोड ९४ लाख ५८ हजार ६६६, नेपाल बैंक रु २२ करोड ८५ लाख ७४ हजार ६३९, नेको इन्स्योरेन्स रु २२ करोड ६९ लाख ९४ हजार ३०२ र प्रभु बैंक रु १९ करोड ८१ लाख ९४ हजार ७५३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज चन्द्रागिरि हिल्सका लगानीकर्ताले ९.८१ प्रतिशतले कमाए । यस्तै सिटिजन म्युचुअल फण्ड २.८४, शिखर इन्स्योरेन्स २.८०, एनआइसी एशिया डिवेञ्चर १.७१, एनआइसी एशिया विडेञ्चर २०८१÷८२ का लगानीकर्ताले १.५० प्रतिशतले आर्जन गर्दा एनएलजी इन्स्योरेन्स ०.९९ र प्रभु बैंकको डिवेञ्चरमा लगानी गर्नेले ०.९५ प्रतिशतले कमाए ।

त्यस्तै, गणपति माइक्रोफाइनान्स ७, नेपाल फाइनान्स ६.७४, पूर्वाधार बैंक ६.४५, नेपाल हाइड्रो डेभलपर ६.१३, अपि पावर कम्पनी ६.११, बरुण हाइड्रोपावर ५.९६, लिवर्टी इनर्जी ५.९३, रिडी हाइड्रोपावर ५.८८, नेशनल हाइड्रोपावर ५.७० र अरुण भ्याली हाइड्रोपावरका शेयरधनीले ५.६७ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित : १६ फाल्गुन २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह