Logo

Banner-news

पूर्वप्रधानमन्त्री भट्टराईको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष, चाँडै शल्यक्रिया गर्न सुझाव


GDP Nepal
   १७ फाल्गुन २०७७, सोमबार


नयाँदिल्ली पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरोइन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष रहेको

वायोप्सी, DOTA NOC परीक्षण,  Endoscopic ultrasound (EUS) , PET CT Scan सहित अन्य परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएकोप्रमाणित भएको बताएका छन्

देखिएको ट्युमरलाई भने बेलैमा नै ढिला नगरी दुई/तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकको सुझाव रहेको यदि बेलैमा शल्यक्रिया नभएमाभने क्यान्सरको खतरा पनि हुनसक्ने कुरामा चिकित्सकले आज भएको परामर्शमा सचेत गराएको भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिएका छन्

अध्यक्ष भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो उनले डा. प्रोफेसर विक्रम भाटियासँगपरामर्श लिएका थिए।

अध्यक्ष भट्टराई मंगलबार नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने कार्यक्रम

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह