Logo

Banner-news

अरुण थ्री निरीक्षणमा हाइकमाण्ड, चार सचिवले गरे स्थानीयसँग छलफल !


GDP Nepal
   २० फाल्गुन २०७७, बिहिबार


काठमाडौ । नेपाल सरकारका चार सचिवले निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनास्थल अवलोकन गरेका छन् । संखुवासभामा निर्माण भइरहेको ९ सय मेगावाटको यो आयोजनाको हालसम्म ४० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

गृहसचिव महेश्वर न्यौपाने, रक्षा सचिव रेश्मिराज पाण्डे, परराष्ट्र सचिव भरतराज पौड्याल र उर्जा सचिव दिनेश घिमिरेले अरुण तेस्रोको निरीक्षण गरेका हुन् ।

लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट लगायत अन्य अधिकारीहरुले पनि निरीक्षण गरेका थिए ।

निरीक्षणको क्रममा टोलीले परियोजना कार्यान्वयनमा देखिएका समस्याहरुबारे स्थानीय सरोकारवालाहरुसँग छलफल समेत गर्‍यो ।

उक्त टोलीले संखुवासभाको मकालु गाउँपालिकास्थित फाक्सिन्दा दोभानको परियोजना बाँध निर्माणस्थल तथा चिचिला गाउँपालिकास्थित दिदिङ्गको विद्युतगृह निर्माण कार्यको अवलोकन गर्‍यो ।

साथै, उक्त टोलीले परियोजना विकासकर्ता कम्पनीका पदाधिकारी तथा चिचिला गाउँपालिका र मकालु गाउँपालिकाका अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन तथा अन्य सरोकारवालाहरुसँग पनि छलफल गर्‍यो ।

परियोजना विकासकर्ता कम्पनीले निर्धारित समयभन्दा करिब डेढ बर्ष अगावै परियोजना निर्माण कार्य सम्पन्न गर्ने जानकारी दिएको छ ।

प्रकाशित : २० फाल्गुन २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह