Logo

Banner-news

ग्लोबल आईएमईको ३ अर्बको ऋणपत्र आजदेखिः ८.५ प्रतिशत ब्याज, कति आवेदन गर्ने ?


GDP Nepal
   १ चैत्र २०७७, आइतबार


काठमाडौं । ग्लोबल आइएमई बैंकले ऋणपत्र आइतबारदेखि बिक्री खुला भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो ।

यो ऋणपत्रमा वार्षिक ८ं.५ प्रतिशत ब्याजदर पाइनेछ ।

ग्लोबलको ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।बैंकले १० वर्ष अवधिको ८.५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७ नाममा ऋणपत्र जारी गरेको हो ।

बैंकको आह्वानपत्रमा उल्लेख भएअनुसार ३० लाख युनिट ऋणपत्र बिक्री खुला गरिएको छ । यसमा १८ लाख इकाई ऋणपत्र भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो ।

ऋणपत्रबाट सामूहिक लगानी कोषलाई ५५ अर्थात् ६० हजार इकाई छुट्याएको छ । सर्वसाधारणले बाँकी ११ लाख ४० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् ।

बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटलले गरेको छ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ । यो ऋणपत्रमा छिटोमा चैत ४ गते सम्म आवेदन दिन सकिनेछ ।

त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने चैत १६ गतेसम्म भर्न सकिनेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : १ चैत्र २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह