Logo

बैंक / बिमा /शेयर

रोल्पामा ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा


GDP Nepal
   ४ चैत्र २०७७, बुधबार


काठमाडौं । ग्लोबल आइएमई बैंकले रोल्पाको घोडागाँउ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएकोछ । यी २ शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २५५ पुगेको छ ।

रोल्पा जिल्लाको सुनिल स्मृति गाँउपालिका वडा नं. १, घोडागाँउ र वडा नं. ८, अरेस बजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएका छन् । घोडागाँउमा खोलिएको सेवाको लागिमधु के.सी. र अरेस बजारमा खोलिएको सेवाको लागि दिपेन्द्र पुन मगरलाई प्रतिनिधि नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशकाविभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए, यूटीएल, एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेका यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गर्ने गरेको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७५ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैकालागि बैंक’ भन्ने नाराका साथ बैंकले २२ लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ४ चैत्र २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह