Logo

Banner-news

दिपक जैसीको बिना सुनुवाई ४० वर्षे जेलसँगै भारतीय लोकतन्त्रमाथि प्रश्न


GDP Nepal
   ८ चैत्र २०७७, आइतबार


काठमाडौं । संसारकै ठूलो लोकतान्त्रिक मुलुक भारतमा बिना सुनुवाई एक नेपाली ४० वर्षदेखि जेल जीवन बिताउनु परेको घटनाले तरंग उत्पन्न भएको छ । यसले भारतको लोकतन्त्र नाममात्रको भएको र त्यहाँको शासन सत्तामा लोकतान्त्रिक मूल्य मान्यता नरहेको भन्दै आलोचना पनि सुरु भएको छ ।

कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतको कारागारमा थुनिएका नेपाली नागरिक दीपक जैसी तिम्सिनालाई शनिवार सशर्त रिहा गरिएको छ। तर, उनको मानसिक अवस्थासमेत कमजोर रहेको छ ।

तिम्सिनालाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार साँझ आदेश दिएको थियो । कारागारमुक्त भएर चार दशकपछि बाहिरी संसार देख्न पाएका तिम्सिनालाई सञ्चारकर्मीहरूले केही प्रश्न गरेका थिए। तर उनको मुखबाट कुनै वाक्य निस्किएन।

तिम्सिनालाई रिहा गर्न अदालतले सर्त राखेको थियो। त्यही सर्त परिवारका सदस्य तथा महावाणिज्य दूतावासले मानेपछि उनी शनिवार रिहा भएका हुन्। उनको बारेमा उनी पक्राउ परेको स्थान भारतको दार्जिलिङ वा कोलकाता उच्च अदालतलाई छ(छ महिनामा उनीबारे जानकारी गराउनु पर्ने सर्त अदालतले राखेको छ।

कारागारमुक्त भएका बेला उनका पक्षमा मुद्दा लडेका कानुन व्यवसायी तथा उनको विषयमा सञ्चारमाध्यममा समाचार सम्प्रेषण गरेका पत्रकारहरू उपस्थित थिए।

तिम्सिना २०३७ सालदेखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए।
तोरीको पोको बेच्नका लागि भनेर इलामको मङ्गलबारे हिँडेका उनी घर फर्किएका थिएनन् ।

प्रकाशित : ८ चैत्र २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह