Logo

Banner-news

रहेनन् लोकप्रिय नेता जोशी, उपमेयरदेखि उद्योग मन्त्रीसम्म सधैँ जनप्रिय छवि !


GDP Nepal
   १३ चैत्र २०७७, शुक्रबार


काठमाडौं । नेपाल कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको निधन भएको छ । एक महिनादेखि नर्भिक अस्पतालका उपचाररत नेता जोशीको शुक्रबार साँझ ८ः२४ मा निधन भएको हो ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जोशीको निधनको पुष्टि गरेका छन् ।

जोशीलाई गत फागुन १४ गते बिहान मस्तिष्काघात भएको थियो । उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर अस्पतालले नर्भिक अस्पताललाई रिफर गरेपछि उनी सोही अस्पतालमा मृत्युसँग संघर्षरत थिए ।

जोशी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उद्योगमन्त्री भएका थिए । नेपाल औषधि उद्योग पुनः सञ्चालनसँगै उनको ख्याती चुलिएको थियो भने मुलुकको औद्योगिक क्षेत्रले उनलाई असल अभिभावकका रुपमा स्वीकार गरेको थियो ।

नेपाल विद्यार्थी संघको महामन्त्रीसम्म भएका जोशी काठमाडौं महानगरपालिकाका पहिलो उपमेयर समेत हुन् । संविधानसभा सदस्य समेत रहेका जोशी गत निर्वाचनमा भने झिनो मतान्तरले पराजीत भएका थिए ।

जोशी गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष हुन् भने उनकै पहलमा गत वर्ष मुलुकमा लकडाउन भएसँगै आर्थिक सामाजिक क्षेत्रमा परेको असरबारे लामो बहस गरी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

युवामाझ निकै लोकप्रिय जोशी काँग्रेसका निर्वाचित केन्द्रीय सदस्यसमेत हुन् । जोशीको निधनमा कांग्रेससहित सबै दलका नेताले शोक व्यक्त गरेका छन् ।

प्रकाशित : १३ चैत्र २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह