Logo

मुख्य समाचार

तामाकोशी जाँदा प्रधानमन्त्रीले किन लगे चिनियाँ राजदूत ?


appharu
   २८ चैत्र २०७४, बुधबार


जीडीपी नेपाल
काठमाडौं, २८ चैत
भारत भ्रमणबाट फकेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने तयारी थियो । चीनमा जारी बोआओ सम्मेलनमा प्रधानमन्त्री नै जाने पूर्वतयारी र प्रचलन रहे पनि प्रधानमन्त्री ओली गएनन् र नेपाल पहिलोपटक उक्त महत्वपूर्ण फोरममा प्रतिनिधिविहिन बन्यो ।
भारतबाट फर्केलगत्तै ओलीमाथि फेरि प्रोइन्डियनको ट्याग लागिसकेको छ । विगतमा भारतसँग टक्कर लिँदा चीनको राम्रो साथ पाएका ओली फेरि टाढिँदै गएको आशंका गरिएका बेला चिनियाँ राजदूत यू होङलाई समेत साथै लिएर ओली दोलखाको लामाबगर पुगे । झन्र्ड २ घन्टा माथिल्लो तामाकोशीमा बिताएका ओलीले राजदूत होङकै सामु लामाबगर नाका खोल्ने आश्वासन समेत दिए । चिनियाँ राजदूतलाई फकाउन अचानक तामाकोशी यात्राा तय गरिएकोलाई भने धेरैले आश्चर्यका रुपमा हेरेका छन् । तस्बिर: रासस

प्रकाशित : २८ चैत्र २०७४, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह