Logo

बैंक / बिमा /शेयर

प्रिमियर इन्स्योरेन्सको नगद लाभांश पारित, दुई नयाँ सञ्चालक चयन


GDP Nepal
   २४ चैत्र २०७७, मंगलबार


काठमाडांै । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २७ औं वार्षिक साधारणसभाले सेयरधनीलाई ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गरेको छ ।

सोमबा कम्पनीको केन्द्रीय कार्यालय, प्रिमियर भवनको सभाकक्षमा सम्पन्न साधारणसभाले लाभांश पारितसहित अन्य निर्णय गरेको छ ।

साधारणसभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

कम्पनीले आव २०७६/७७ मा कूल बिमा शूल्क १ अर्ब ६९करोड ६ लाख ४५ हजार आर्जन गरी खूद मूनाफा ३६ करोड ९९ लाख ४४ हजार आर्जन गरेको छ ।

कम्पनीको स्वतन्त्र संचालकमा जेसमिन हाडा बज्राचार्य र समुह ख अन्तर्गतको प्रतिनिधित्व गर्ने संचालक पदमा महेन्द्र बहादूर श्रेष्ठलाई नियूक्त गरिएको छ ।

 

प्रकाशित : २४ चैत्र २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह