Logo

Banner-news

सेन्ट किष्ट्स एण्ड नेभिसदेखि आयरल्याण्डसम्मको शंकास्पद एफडीआई नेपालमा !


GDP Nepal
   ९ बैशाख २०७८, बिहिबार


काठमाडौं । मुलुकमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार प्रकाशित गरेको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन अनुसार सबैभन्दा बढी लगानी छिमेकी भारतबाट प्रवाह भएको छ ।

भारतपछि चिनियाँ लगानी दोस्रो नम्बरमा छ भने चीनकै हाराहारीमा सेन्ट किष्टस एण्ड नेभिसबाट लगानी भित्रिएको छ ।

केन्द्रीय बैंकका अनुसार भारतबाट सबैभन्दा बढी अर्थात ५६ अर्ब ५ करोड र चीनबाट २७ अर्ब ५६ करोड लगानी भित्रिँदा सेन्ट किष्टस एण्ड नेभिसबाट २४ अर्ब ९४ करोड भित्रिएको छ ।

यस्तै, आयरल्याण्डबाट ११ अर्ब ५९ करोड र सिङ्गापुरबाट ८ अर्ब ७३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ ।

नेपालमा आएका प्रत्यक्ष वैदेशिक लगानीमध्य ५१.१ प्रतिशत सेवा क्षेत्रमा र ४८.८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको देखिन्छ ।

सेवा क्षेत्रअन्र्तगत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको देखिन्छ । त्यसैगरी, औद्योगिक क्षेत्रअन्र्तगत उत्पादन क्षेत्रमा २८.६ प्रतिशत र जलविद्युत् क्षेत्रमा २०.० प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।
सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७५/७६ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८.८ प्रतिशतले कमी आई १८२ अर्ब ९२ करोड कायम रहेको छ ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीका अंश ४८.२ प्रतिशत, रिजभ ४२.८ प्रतिशत र कर्जाको अंश ९.० प्रतिशत रहेको छ । रिजर्भको अंश २७.० प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएका हा ।

आर्थिक वष २०७५/७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १५३ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क विश्लेषणका आधारमा प्रत्यक्ष ‘वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५/७६’ तयार पारिएका हो ।

प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु¥याउने उद्देश्यल आर्थिक अनुसन्धान विभागले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी स्थलगत सवक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ ।

प्रकाशित : ९ बैशाख २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह