Logo

Banner-news

माथिल्लो दोर्दी ‘ए’ जेठभित्रैः २५ मेगावाट क्षमता, साढे ४ अर्ब लगानी


GDP Nepal
   १५ बैशाख २०७८, बुधबार


लमजुङ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन २५ मेगागाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना आगामी जेठको अन्तिमसम्म निर्माण सम्पन्न हुने भएको छ ।

दोर्दी खोलामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको जेठको अन्तिम सातासम्म निर्माणकार्य सम्पन्न गर्दै विद्युत उत्पादन गर्ने आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीले जानकारी दिए।

यही हप्ताभित्र टनेलमा पानी हाल्ने तयारी भइरहेको छ । आयोजनाको पावर हाउसमा मेशिनको काम गर्नलाई भारतबाट इन्जिनियर ल्याउने प्रक्रियामा रहेको उनको भनाइ छ । यस आयोजनाले यसअघि गत चैत महिनासम्म निर्माणकार्य सम्पन्न गर्दै विजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

कोभिडका कारणले आयोजनामा प्रभाव पारेकाले निर्माणकार्यमा ढिलाइ भइरहेको साथै जिल्लामा १२० केभी प्रसारण लाईनको निर्माण कार्य सम्पन्न भइनसकेकाले समेत विद्युत उत्पादनमा ढिलाइ हुनपुगेको हो ।

आयोजना ३ अर्ब ९६ करोड लगानीमा सम्पन्न गर्ने लक्ष्य थियो । तर निर्माण अवधि लम्बिँदै जाँदा ४ अर्ब ६४ करोड खर्च हुने अनुमान गरिएको आयोजनाको भनाइ छ । उक्त अवधिमा पनि अझै कोभिडको प्रभाव भएर समय थप भएमा आयोजनाको लागत बढ्न सक्ने आयोजना प्रवद्र्धक वस्तीले बताए ।

आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ । नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच भएको सम्झौताअनुसार सुक्खा याममा रु आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गरिने छ । रासस

प्रकाशित : १५ बैशाख २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह