Logo

Banner-news

बादललाई हराउँदै देवकोटा राष्ट्रियसभामा, कार्यकाल तीन वर्षमात्रै !


GDP Nepal
   ६ जेष्ठ २०७८, बिहिबार


काठमाडौं । गृहमन्त्रीको हैसियतमा निर्वाचनमा होमिएका सत्तारुढ नेकपा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई पराजीत गर्दै स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा चयन भएका छन् ।

देवकोटाले प्रदेशसभा तर्फ खसेको एक सय पाँच मतमध्ये ५८ मत प्राप्त गर्दा थापाले ४५ मत प्राप्त गरेका थिए । नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले दुई मत प्राप्त गरेका छन् ।

देवकोटाले स्थानीय तहतर्फ कुल दुई सय ३३ मत खसेकोमा १२८ मत प्राप्त गरेका थिए । थापाले एक सय तीन मत प्राप्त गर्दा नेमकिपाका उम्मेदवार तामाङले दुई मत प्राप्त गरेका थिए ।

तीन वर्षअघि तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित बादल एमाले प्रवेशसँगै उनको पूर्वपार्टी माओवादी केन्द्रले उनलाई सांसद पदबाट हटाएको थियो । सोही रिक्त पदका लागि भएको निर्वाचनमा बादल पुनः उम्मेदवार बनेका थिए । एमालेबाट उम्मेदवार बनेका बादललाई राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेको थियो ।

एमालेनिकट संघीयताविद् डा. देवकोटाले भने स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी बागमती प्रदेशमा नीति आयोग उपाध्यक्ष थिए । उनलाई एमालेभित्र माधव नेपाल समूहसहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीले समर्थन गरेका थिए ।

देवकोटाको कार्यकाल भने तीन वर्षमात्र रहनेछ । राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्ष रहने भए पनि पहिलोपटक गोलाप्रथा गरिँदा बादलले ६ वर्षे कार्यकाल पाएका थिए । जसमध्ये उनले तीन वर्ष व्यतित गरिसकेका छन् भने बाँकी तीन वर्षका लागि देवकोटा विजयी भएका हुन् ।

प्रकाशित : ६ जेष्ठ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह