Logo

Banner-news

प्रधानमन्त्रीका लागि देउवा र ओलीको दावी, राष्ट्रपतिले भनिन्: कानुनी परामर्श गर्दैछु !


GDP Nepal
   ७ जेष्ठ २०७८, शुक्रबार


काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको समयसीमाभित्र दुईवछा प्रस्ताव पेस भएका छन् । शुक्रबार साँझ ५ बजेभित्र बहुमतको आधारसहित सरकारको नेतृत्वका लागि दाबी गर्न राष्ट्रपतिले बिहीबार विवादास्पद आदेश दिएकी थिइन् ।

राष्ट्रपतिले तोकेको समयावधिमा बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले दाबी पेस गरेका छन् । प्रधानमन्त्री ओलीले आफूलाई १५३ सांसदको समर्थन रहेको दाबी गरिरहँदा कांग्रेस सभापति देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपतिसमक्ष पेश गरेका छन् ।

ओलीले बुझाएको दावीमा सांसदहरुको हस्ताक्षर नभएको र सत्तारुढ नेकपा एमाले संसदीय दल तथा हाल प्रतिपक्षमा रहेको जनता समाजवादी दलको समर्थन रहेको उल्लेख छ । ओलीले नेकपा एमालेका १२१ सांसद र जनता समाजवादी पार्टीका ३२ सांसदहरूको समर्थन आफूलाई रहेको जानकारी गराएका छन्।

तर, देउवाले भने १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् जसमा एमालेले आफ्नो दाबीमा पनि गणना गरेको उसका २६ सांसद र जनता समाजवादी पार्टीका १२ सांसद र राष्ट्रिय जनमोर्चाका एक सांसदको हस्ताक्षर रहेको छ ।

हाल प्रतिनिधिसभामा एमालेका १२१ सांसद छन्। त्यस्तै काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९ र जसपाका ३२ सांसद छन् ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले भने कानूनी पक्षबारे परामर्श गरेर मात्र प्रधानमन्त्री नियुक्तिबारे निर्णय लिने बताएकी छन् । देउवालगायत प्रतिपक्षी नेताहरुसँग राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीले पनि भर्खर दाबी प्रस्तुत गरेको उल्लेख गर्दै भनिन्, ‘म सल्लाह गर्छु, कानूनी पक्षहरु पनि हेर्छु ।’

प्रकाशित : ७ जेष्ठ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह