Logo

Banner-news

आइएमई लाइफले ६० करोड रुपैयाँको आईपीओ जारी गर्दै, जेठ ३१ मा साधारणसभा


GDP Nepal
   १० जेष्ठ २०७८, सोमबार


काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले साधारण सेयर निष्कासनको प्रक्रिया सुरु गरेको छ ।

आईपीओ जारीसम्बन्धी प्रस्ताव अनुमोदनका लागि कम्पनीले साधारणसभा डाकेको छ । जेठ ३१ मा साधारणसभाको मिति तय भएको जनाइएको छ । यो कम्पनीको तेस्रो साधारण सभा हो । भर्चुअल माध्यमबाट हुने सभा कम्पनीको रजिष्टर्ड कार्यालय लैनचौर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

साधारणसभाले सेयर निष्कासन गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेपछि धितोपत्र बोर्डमा स्वीकृतिका लागि पेश हुने र पेश भएलगत्तै जारी गरिनेछ । यसरी हेर्दा असारभित्र कम्पनीको सेयर बिक्री खुला हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले ६० करोड रुपैयाँको सेयर जारी गरेसँगै यसको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने जनाइएको छ।

आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा समेत रहेको छ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ ।

प्रकाशित : १० जेष्ठ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह