Logo

विकास / पूर्वाधार

भारतीय बिजुलीको भाउ बढाउने प्रस्ताव नेपालले स्वीकारेन, बिजुली रोकिए फेरि लोडसेडिङ


appharu
   २३ असार २०७५, शनिबार


काठमाडौं । नेपालले भारतबाट ५ सय मेगावाट बिजुली खरिद गरेर लोडसेडिङ अन्त्य गरे पनि यो बिजुलीको भाउ बढाउने प्रस्तावले विद्युत प्राधिकरण झस्किएको छ ।

भारतीय पक्षले एकैपटक २० प्रतिशतसम्म बढाउन प्रस्ताव गरेपछि प्राधिकरण समस्यामा परेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि दुई देशबीच सम्बन्ध सुधारिएको र भारत अब नेपालको विकास साझेदार बन्ने दाबी गरे पनि भारतको अचानक यस्तो प्रस्तावले प्राधिकरणका अधिकारीहरु आश्चार्यचकित छन् ।

नेपाल–भारत विद्युत् आदानप्रदान समिति (पीइसी)को बैठकमा उत्तर बिहार विद्युत् वितरण कम्पनीले १५ देखि २० प्रतिशतसम्म बिजुलीको भाउ बढाउन प्रस्ताव गरेको हो ।

तर, भारतको यो प्रस्तावलाई प्राधिकरणले भने तत्कालका लागि अस्वीकार गरेको छ । नयाँदिल्लीमा बिहीबार र शुक्रबार विद्युत् आदानप्रदान समिति (पीईसी) को वैठक बसेको थियो ।

विद्युत्को परिमाण र भाउ तोक्ने पीईसीको ११ औं बैठक ६ वर्षपछि गत वर्ष बसेको थियो । प्रत्येक वर्ष भाउ तोक्ने सहमति भएपनि ६ वर्षसम्म बैठक नबस्दा विद्युत्को भाउ यथास्थितिमै छ ।

भारतीय पक्षले फेरि बढाउन प्रस्ताव गरेपछि विद्युत् प्राधिकरण समस्यामा परेको छ । नेपाली पक्षको अस्वीकारपछि भारतले विद्युत नदिएमा भने नेपालमा फेरि लोडसेडिङको अवस्था आउन सक्ने देखिएको छ ।

भारतबाट आयातित बिजुलीले नेपालको कुल मागको ५० प्रतिशत हाराहारीमा पूरा गरिरहेको छ ।

प्रकाशित : २३ असार २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह