Logo

Banner-news

उद्यमी पनि थिए उज्वल थापा, बौद्ध भिक्षु बन्न चाहान्थे….


GDP Nepal
   १८ जेष्ठ २०७८, मंगलबार


काठमाडौं । युवा नेता उज्वल थापाको मंगलमार असामयिक निधन भयो । कोभिड संक्रमित थापाले अन्तिम घडीमा कोभिडलाई जिते पनि मृत्युलाई भने जित्न सकेनन् ।

युवा पुस्तालाई राजनीतिमा आकर्षित गर्ने र सिर्जनात्मक आन्दोलनमार्फत आम नेपालीको मन जित्ने थापाको निधनमा सिंगो मुलुक स्तब्ध छ । ४४ वर्षीय थापाको निधनसँगै युवा पंक्ति निराश भएको छ ।

कहिल्यै कुनै लाभको पदमा नपुगेका थापा पछिल्लो समय पार्टी नेतृत्वमा समेत थिएनन् । उनी बिरामी भएको समाचार सार्वजनिक भएदेखि नै देश विदेशमा लाखौं नेपालीले स्वास्थ्यलाभको कामना गरेका थिए ।

उज्वल थापा

थापाको मंगलबार मृत्युपश्चात् समेत नेपालीहरूले देखाएको सम्मान र सद्भावले थापा समकालीन राजनीतिमा निकै लोकप्रिय नेताको रूपमा स्थापित भएका छन् ।

थापा बिरामी भएसँगै अस्पतालमा उपचारका लागि रकम संकलन गर्दा नै उनका लागि २४ घन्टाभित्रै करिब ५२ लाख रकम संकलन भएको थियो ।

बुढानीलकण्ठ स्कुलबाट ओ लेभल गरेका थापा त्यसपछि छात्रवृत्तिमा खगोल तथा भौतिक विज्ञान (एस्ट्रोफिजिक्स) अध्ययनका लागि अमेरिका गएका थिए । तर उनी त्यो पढाइ छाडेर वेब डिजाइनर बनेर नेपाल फर्किएका हुन् ।

उनी आफैँले लेखे अनुसार अमेरिकामै रहँदा उनी भौतिक दुनियाँबाट बिरक्तिएर बौद्ध भिक्षु बन्नसमेत तम्सिएका थिए । २१ वर्षे उमेरमा बौद्ध भिक्षु बन्ने सोच बनाएका उनले त्यसपछिको जीवनमा ’भिक्षुकै जस्तो सादा जीवन बाँचेको’ थापा आफैँले बताउने गरेका थिए।

नेपाल फर्किएका थापाले स्वदेशमा उद्यमशीलता र समाजसेवा दुवैमा हात हाले । सूचना प्रविधिसम्बन्धी कम्पनी खोलेर उद्यमी बन्ने पाइला चालेका उनले कफी खेतीमा समेत लगानी गरेका थिए ।

थापासहित विदेशमा अध्ययन गरेर फर्किएका युवाहरूको सक्रियतामा ’नेपालका लागि उद्योगी’ नामक अभियानको सुरुवात भएको थियो । त्यसमा सयौँ नेपाली युवा उद्यमीहरू आबद्ध भए र त्यो युवा उद्यमीका लागि एउटा छलफल र सहकार्यको माध्यम बन्न पुग्यो । नेपाल फर्किएको केही वर्षसम्म थापा युवा उद्यमशीलता प्रवर्द्धनमै सक्रिय भएका थिए ।

प्रकाशित : १८ जेष्ठ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह