Logo

Banner-news

उपेन्द्र यादवले संघको बदला प्रदेशमा लिए, महन्थ ठाकुर पक्षका ४ मन्त्री बर्खास्त !


GDP Nepal
   २४ जेष्ठ २०७८, सोमबार


काठमाडौं । संघीय सरकारमा सहभागी भएको जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले प्रदेश सरकारमा भने सहभागिता गुमाएको छ । ठाकुर पक्षका चार मन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका छन् । राउत जसपा बहुमत (उपेन्द्र यादव) पक्षका हुन् ।

प्रदेश २ मा तत्कालीन राजपाबाट निर्वाचित कतिपय सांसदले उपेन्द्र यादव पक्षलाई साथ दिएका कारण उनी थप बलियो बनेका छन् । यो प्रदेशमा एमालेको माधव नेपाल पक्ष बलियो रहेको र माओवादी तथा कांग्रेसले समेत राउतलाई नै समर्थन गर्ने भएकाले राउतले महन्थ ठाकुर पक्षका मन्त्री हटाएका हुन् ।

आइतबार बर्खास्त चार मन्त्रीमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल रहेका छन् ।

राज्यमन्त्री डिम्पल झा संघीय मन्त्री अनिल कुमार झाकी पत्नी हुन् ।

मुख्यमन्त्री राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतबार अबेर राति प्रदेश प्रमुख डा. राजेश झाको सचिवालयमा दर्ता गराएका छन् ।

प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री राउतलाई भौतिक पूर्वाधार मन्त्रालयको सम्हाल्ने गरी जिम्मेवारी तोकिएको छ ।

विजयकुमार यादवलाई पूर्ववत् नै आर्थिक मामिला तथा योजना , ज्ञानेन्द्रकुमार यादवलाई आन्तरिक मामिला तथा कानून, शैलेन्द्र साहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी , नवलकिशोर साहलाई सामाजिक र रामनरेश यादवलाई उद्योग मन्त्रालय कायम रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : २४ जेष्ठ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह