Logo

Banner-news

श्रीकृष्ण गिरीलाई पूर्व वाईसीएल लगाइदिने महेश बस्नेतको चेतावनी !


GDP Nepal
   ३१ जेष्ठ २०७८, सोमबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवा नेता महेश बस्नेतले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई पूर्व वाईसीएल लगाइदिने चेतावनी दिएका छन् ।

युथ फोर्स संयोजक रहँदा वाईसीएलसँगै भिडन्त गरेर राष्ट्रिय राजनीतिमा चर्चामा आएका बस्नेतले गिरीलाई माओवादीको उग्र कार्यकर्ताको संज्ञा दिँदै भ्रष्टको आरोप लगाएका छन् र उनलाई सम्झाउन पूर्व वाईसीएलको एउटा सामान्य कार्यकर्ता नै काफी रहेको भन्दै घुमाउरो भाषामा चेतावनी दिएका छन् ।

गिरीले प्रधानमन्त्री केपी ओली, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतको दबाबबीच पनि बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन अस्वीकार गरेसँगै बस्नेतलगायतका एमाले कार्यकर्ता उनीविरुद्ध खनिएका छन् ।

बस्नेतले गिरीमाथि प्रधानमन्त्रीको रवैयाविरुद्ध विज्ञप्ति जारी गर्ने नागरिक अभियानलाई डलरे नागरिक समाज भन्दै टिप्पणी गरेका छन् ।

महेश बस्नेत र श्रीकृष्ण गिरी

प्रस्तुत छ, बस्नेतको फेसबुक स्टाटस जस्ताको तस्तैः

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष डा. श्रीकृष्ण गिरी माओबादी केन्द्रका उग्र कार्यकर्ता हुन भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । शिक्षा मन्त्री गिरीराज मणी पोख्रेल छदाँ नियुक्ति लिएका यीनका बिगतका अनेक हर्कत र भ्रष्टाचार काण्डमा तिनै पूर्व मन्त्री र माओबादीका ठुला नेताहरुको संलगनता खुल्लम खुल्ला देखिएकै छ ।
नेपालको चिकित्सा क्षेत्रमा ठुलो राजनीति घुसेको छ। नेपालका डक्टरह्ररु र मेडिकल ब्यवसायीहरु लाई बस्न टिक्न नदिने, ब्यबसाय गर्न नदिने । एम. बी.बी. एस.पढन चहाने बिध्यार्थीहरुलाई अफ्नै देशमा पढने वाताबरण बन्न नदिने । बार्षिक १५ अर्ब भन्दा बडी रकम बिदेश पठाउने र कमिशन खाएर ढाडिएका बिरालाहरु नेपाली ब्यबसायीले संचालन गरेको मेडिकल कलेजहरुलाइ संबन्धन दिनुहुदैन भनेर स्याल हुइयाँ गर्दैछ्न् ।
आज एकाएक कथित गिरीलाई प्रधानमन्त्री ज्युले धम्काउनु भयो भनेर केही डलरे नागरिक समाज जो पाए सम्म प्रधानमन्त्रीको आचि सम्म बाँकि राख्दैनन् उनीहरुलेनै खोक्न थालेछन् र रोइलो गर्दैछन कृपया याद रहोस् त्यो भ्रष्ट लाई सम्झाउन बिधि र कानून प्रयाप्त छ । फेरि पनि सम्झाउन परे पनि तीनले दुख दिएका पूर्व वाइ सी एल को एउटा सामान्य कार्यकर्ता नै काफी छ।

प्रकाशित : ३१ जेष्ठ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह