काठमाडौं । नेपाली कृषि उत्पादन विश्वबजारसम्म पुर्याइने भएको छ । नेपालको अर्गानिक उत्पादनको विश्व बजारमा माग बढ्दै गएकाले उत्पादन विश्वबजारसम्म पुर्याउने तयारी भएको हो । गैरआवासीय नेपाली संघले आयोजना गरेको दोस्रो विश्वज्ञान सम्मेलनका क्रममा ‘कृषि उत्पादन र बजारीकरण’ प्यानल छलफलका क्रममा बोल्ने वक्ताहरुले कृषि उत्पादन बढाएर अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सरोकारवाला निकायले ध्यान दिनुपर्ने वक्ताहरुले बताए…