काठमाडौं । काठमाडौं जिल्ला अदालतले व्यवसायी शेखर गोल्छाविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक श्रेष्ठले अदालतबाट थुनामा राख्न चार दिनको म्याद दिइएको जानकारी दिए । गोल्छा बिहीबार काठमाडौंको नक्सालबाट पक्राउ परेका थिए । धितोपत्रसम्बन्धी ऐन, ०६३ अन्तर्गतको कसुरमा गोल्छालाई पक्राउ पुर्जी दिएर हिरासतमा लिइएको थियो ।…