काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकलगत्तै दुई मुलुकबीच चार वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई देशका विदेशमन्त्रीको उपस्थितिमा सम्बन्धित अधिकारीले सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरेकाहुन् । बिहीबार काठमाडौंमा भएको सहमतिअनुसार नेपाल र भारतबीच भएका सम्झौता तथा समझदारी पत्रमा १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्नेसम्बन्धी विद्युत् सम्झौता भएको छ ।…