Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, ३० अंकले घट्यो नेप्से


GDP नेपाल
   १७ पुस २०८०, मंगलबार


मंगलबार सेयर बजार परिसूचक नेप्से ३०.०५ अंकले घटेर दुई हजार ०३०.१० विन्दुमा पुगेको छ ।

बैंकिङ १३, विकास बैंक ५३, फाइनान्स २३, जलविद्युत् ३१, जीवन बीमा ३२४, माइक्रोफाइनान्स ४७, अन्य १०, होटल तथा पर्यटन १८१, निर्जीवन बीमा ३१३, उत्पादन ७५ र व्यापार उपसमूह ३१ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज चिरख्वा हाइड्रो, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरिङ हाउस लिमिटेडको सेयर भने १० प्रतिशतले बढेको छ ।

यस दिन ३०५ कम्पनीको एक करोड ११ लाख कित्ता सेयर चार अर्ब चार करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ११ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १७ पुस २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह