Logo

अर्थनीति

संयुक्त आयोगको सातौं बैठकलगत्तै नेपाल र भारतबीच चार सम्झौता र समझदारीपत्रमा हस्ताक्षर !


gdpnepal
   १९ पुस २०८०, बिहिबार


काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकलगत्तै दुई मुलुकबीच चार वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुई देशका विदेशमन्त्रीको उपस्थितिमा सम्बन्धित अधिकारीले सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरेकाहुन् ।

बिहीबार काठमाडौंमा भएको सहमतिअनुसार नेपाल र भारतबीच भएका सम्झौता तथा समझदारी पत्रमा १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्नेसम्बन्धी विद्युत् सम्झौता भएको छ ।

यस्तै, सामुदायिक विकास परियोजनामा सहयोग गर्नेसम्बन्धी सम्झौता, नेपालले बनाएको स्याटलाइट भारतले प्रक्षेपण गर्नेसम्बन्धी सम्झौता र नविकरणीय उर्जाको विकासमा सहयोग गर्नेसम्बन्धी समझदारीपत्र रहेका छन् ।

बिहीबार नै बैठक सकिएपछि दुई विदेशमन्त्रीले नेपाल र भारत जोड्ने तीन वटा विद्युत् प्रसारण लाइनका स्वीच् थिची उद्घाटन गरेका थिए । ती प्रसारण लाइनमा रक्सौल–परवानीपुर, कुशहा कटैया र नौतनुवा– मैनिया विद्युत् प्रसारण लाइन छन् ।

बैठक बिहीबार काठमाडौंको होटल याक एण्ड यतीमा बसेको थियो ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतका विदेशमन्त्री एस जयशंकरले गरेका थिए ।

बैठकमा नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामहरूमा छलफल गरिएको थियो । नेपाल–भारतबीचको आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति, राजनीतिकलगायत विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १९ पुस २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह