काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सबै विश्वविद्यालयमा पार्टीनिकट प्राध्यापकहरुलाई मात्रै नियुक्ति दिनेगरी पूर्ववर्ती सरकारले नियुक्त गरेका उपकुलपतिहरु हटाउने प्रक्रिया प्रारम्भ गरेको छ । सरकारले पहिलो चरणमा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपछि प्रा. डा. कुलप्रसाद कोइरालालाई हटाउने प्रक्रिया सुरु गरिसकेको छ भने त्यसलगत्तै देशकै सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. तीर्थराज खनियाँलाई हटाउने…