काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गरेको ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयमसेवकका रुपमा खटाउने निर्णयप्रति संसदीय समितिले चासो देखाएको छ । गणतन्त्र दिवसका दिन गृहमन्त्री लामिछानेले ट्राफिक नियम उल्लंघन गरेका व्यक्तिलाई स्वयम्सेवक बनाएर सडकमा खटाउने निर्णय सार्वजनिक गरेसँगै यसको सर्वत्र विरोध भइरहेको छ । ट्रफिक प्रहरी कार्यालयले यो निर्णय भोलिपल्टै कार्यान्वयनमा ल्याइसकेको पनि छ…