Logo

मुख्य समाचार

बलात्कार मुद्दामा सफाई पाएका विवादास्पद क्रिकेटर लामिछानेले अमेरिकाको भिसा पाएनन्


gdpnepal
   ९ जेष्ठ २०८१, बुधबार


काठमाडौं । विवादास्पद क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएन । अमेरिकाले भिसा नदिएको सन्दीप आफैंले बताएका छन् ।

बुधबार सामाजिक सञ्जालबाट सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुने तय भएको ट्वान्टी–२० विश्वकपका लागि काठमाडौंस्थित अमेरिकी दूतावासले आफूलाई भिसा दिन अस्वीकार गरेको बताएका हुन् ।

नाबालिक बलात्कार प्रकरणमा जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानले हालै पाटन उच्च अदालतबाट भने सफाई पाएका थिए । खेल अनुशासन नभएका सन्दीप विवादास्पद क्रिकेटर हुन् ।

“फेरि पनि अमेरिकी दूतावासले सन् २०१९ मा गरेको जस्तै गरेको छ । उनीहरूले अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपका निम्ति मलाई भिसा दिन अस्वीकार गरे । नेपाली क्रिकेटका सुभचिन्तकहरूमा माफी माग्न चाहन्छु,” सन्दीपले सामाजिक सञ्जालमा लेखेका छन् ।

यसअघि ०७६ साउनमा पनि काठमाडौंस्थित अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । त्यतिबेला उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि भिसाको आवेदन दिएका थिए ।

त्यसबेला पनि सामाजिक सञ्जालमा उक्त घटनाबारे सन्दीपले पोस्ट गरेका थिए । सन्दीपको पोस्टपछि आलोचना भएपछि अमेरिकी दूतावासले भिसा दिएको थियो ।

प्रकाशित : ९ जेष्ठ २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह