राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बित गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी निलम्बन गरेको हो । यस्तै, अडियो बाहिरिएको विषयमा छानबिन गर्न समिति समेत बनाइएको रास्वपाले जानकारी दिएको छ । अडियोमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री…